कन्या कुमारी’ सार्वजनिक : युवा पुस्ताको प्रेम कथालाई समेटिएको नयाँ गीत बजारमा – Sagarmathapana:: Online News Portal

कन्या कुमारी’ सार्वजनिक : युवा पुस्ताको प्रेम कथालाई समेटिएको नयाँ गीत बजारमा

   २०८२ फाल्गुन ६ गते  

काठमाडौं।नयाँ नेपाली रोमान्टिक गीत ‘कन्या कुमारी’ सार्वजनिक गरिएको छ।Mero Voice TV Official युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले युवा पुस्ताको प्रेम, दूरी र घरजमको सपनालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।

गीतमा The Voice of Nepal सिजन ७ की प्रतिभाशाली गायिका Ranjita Bishwakarma र गायक–संगीतकार Dinesh Bharati को सुमधुर स्वर सुन्न सकिन्छ। “म त हजुर पुर्बैको ठिटो, तिमी पर्यौ पश्चिमको कन्या कुमारी, भन माया घरजम गर्न के–के गर्नु पर्छ…” भन्ने भाव बोकेको गीतले पूर्व–पश्चिमको सांस्कृतिक सन्दर्भलाई प्रेम कथासँग जोडेको छ।

गीतका शब्द तथा संगीत स्वयं Dinesh Bharati कै रहेको छ। सरल तर भावपूर्ण शब्द चयनमार्फत उनले प्रेमको गहिरो अनुभूति प्रस्तुत गरेका छन्।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ Jeevan Badu ले गरेका हुन्। आधुनिक तथा मेलोडियस साउन्ड डिजाइनमार्फत गीतलाई आकर्षक बनाइएको छ, जसले समग्र प्रस्तुति सन्तुलित र पेशेवर ढंगले तयार भएको अनुभव गराउँछ।

यस गीतका निर्माता Ram Kumar Yawa (Limbu) हुन्। उहाँको पहल र व्यवस्थापनमा तयार भएको ‘कन्या कुमारी’ नेपाली सांगीतिक बजारमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा सकारात्मक प्रतिक्रिया आउन थालेको छ। शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन रहेको ‘कन्या कुमारी’ यस सिजनको चर्चित गीत बन्न सक्ने सम्भावना देखिएको छ।

गीतको भिडियो तथा अडियो हाल Mero Voice TV Official युट्युब च्यानलमा उपलब्ध रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै