दोश्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ सम्पन्न – Sagarmathapana:: Online News Portal

दोश्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ सम्पन्न

   २०८२ माघ १५ गते  

ललितपुर।राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालको आयोजना तथा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन भएको दोश्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

मिति २०८२ माघ १३ र १४ गते ललितपुरमा आयोजित सम्मेलनमा देशभरका युवा सहकारीकर्मी,प्रविधि विज्ञ,नीति निर्माता, सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि र सरोकारवाला हरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्मेलनमा सहकारी क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने विषयमा गहन छलफल भएको थियो।छलफलपछि सहकारी क्षेत्रमा युवाको नेतृत्व र प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिने,डिजिटल भुक्तानी,डेटा व्यवस्थापन,फिनटेक तथा एग्रिटेकजस्ता आधुनिक प्रविधिको पूर्ण अवलम्बन गर्ने निष्कर्ष निकालिएको छ।

त्यसैगरी, युवामैत्री नीति, प्रविधि प्रयोगमैत्री कानुन निर्माण, नवप्रवर्तन प्रवर्द्धन,तालिम,मेन्टरसिप तथा अनुसन्धान केन्द्र स्थापना, सहकारीमार्फत युवा स्वरोजगार र स्टार्टअप प्रवर्द्धनका लागि वित्तीय तथा प्राविधिक सहयोग प्रणाली विकास गर्न सरकार र सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरिएको छ।

सम्मेलनले सहकारी अभियानलाई नयाँ ऊर्जा प्रदान गर्दै युवाको सक्रिय सहभागितामार्फत सहकारी क्षेत्रलाई दीगो र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गर्दै समापन भएको आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै