दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सुरु – Sagarmathapana:: Online News Portal

दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सुरु

   २०८२ माघ १३ गते  

ललितपुर।“प्रविधिमैत्री उद्यमशीलतामा युवाको नेतृत्व” भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ आजदेखि सुरु भएको छ। सम्मेलन ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा माघ १३ र १४ गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको आयोजनामा भइरहेको सम्मेलनमा देशभरका सहकारीकर्मी युवा, उद्यमी, प्रविधि विज्ञ तथा नीति निर्माण तहका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सम्मेलनमा सहकारी अभियानलाई प्रविधिमैत्री र युवामैत्री बनाउने विषयमा छलफल भइरहेको छ। विशेषगरी आर्थिक सशक्तीकरणमा युवाको नेतृत्व, डिजिटल रूपान्तरणमा प्रविधि र युवाको भूमिका, तथा युवामैत्री अर्थतन्त्र निर्माणमा राष्ट्रिय दृष्टिकोण लगायतका विषयहरूमा कार्यपत्र प्रस्तुति र अन्तरक्रिया चलिरहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनले सहकारी क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउने, नवीन सोच र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने तथा दीगो उद्यमशीलता विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै