तारा देवीको स्मृतिमा स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

तारा देवीको स्मृतिमा स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न

   २०८२ माघ ९ गते  

तारा देवीका कालजयी गीतमा भावुक बने दर्शक, स्रष्टा सम्मान सम्पन्न तारा देवीको योगदान सम्झिँदै स्रष्टा सम्मान र नयाँ पुस्ताको लाइभ प्रस्तुति

काठमाडौं।नेपाली संगीत क्षेत्रकी अमर गायिका तारादेवीको स्मृतिमा ‘स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम’भव्य रूपमा सम्पन्न भएको छ। तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महा-नगरपालिकाको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको सुरुआत तारा देवीको ठूलो तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो। त्यसपछि विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।प्रत्यक्ष संगीत प्रस्तुतिमार्फत तारा देवीका कालजयी गीतहरू गुञ्जिँदा उपस्थित दर्शक भावुक बनेका थिए।


कार्यक्रममा वरिष्ठ कलाकार किरण खरेल, दिपक जंगम, संगीतकर्मी तथा काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।

यस अवसरमा नेपाली गीत–संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मान गरिएको थियो।सम्मानित हुने व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल,संगीतकार शिवशंकर मानन्धर तथा गायिका सङ्गीता राना प्रधान रहेका छन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा तारा देवीद्वारा स्वरबद्ध गरिएका गीतहरू नयाँ पुस्ताका चर्चित गायक–गायिकाहरू विपिन क्षेत्री,सलीना बी.के.,जुनु प्रसाई,प्रश्ना शाक्य लगायत अन्य कलाकारहरूले लाइभ म्युजिक मार्फत प्रस्तुत गरेका थिए।यी प्रस्तुतिले दर्शकको उल्लेखनीय प्रशंसा पाएको थियो।

कार्यक्रमलाई एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरूले सहयोग गरेका थिए।

कार्यक्रममा तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दिपक केसीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै फाउन्डेसन स्थापना कसरी भयो र यसको उद्देश्य के हो भन्ने विषयमा जानकारी गराउनुभएको थियो।साथै, फाउन्डेसनका महासचिव शोभन सैंजुले तारा देवीले नेपाली संगीतमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै