कपन जेसीजको १५औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न – Sagarmathapana:: Online News Portal

कपन जेसीजको १५औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न

   २०८२ माघ ८ गते  

काठमाडौं।कपन जेसीज २०२५ को आयोजनामा १५औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। युवा नेतृत्व विकास, सामाजिक सेवा र संस्थागत निरन्तरताको सन्देश बोकेको उक्त समारोहमा नव–निर्वाचित कार्यसमितिको औपचारिक पदस्थापना गरिएको थियो।

समारोहका प्रमुख अतिथि उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङ रहनुभएको थियो।त्यसैगरी विशिष्ट अतिथिका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी तथा संखुवासभा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कपन जेसीज २०२५ का अध्यक्ष छितेन लिङ्बो भोटेले कपन जेसीज २०२६ का अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

समारोहको अवसरमा जेसीज आन्दोलनमा सक्रियता, नेतृत्व, उत्कृष्ट सेवा तथा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई मायाको चिनो तथा सम्मान प्रदान गरिएको थियो।



कार्यक्रममा जेसीज नेपालका केन्द्रीय प्रतिनिधि,पूर्व अध्यक्षहरू, समाजसेवी, युवा नेतृत्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कपन जेसीजले यस समारोहमार्फत युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै