कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन – Sagarmathapana:: Online News Portal

कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन

   २०८२ माघ १ गते  

सुर्खेत।कर्णाली प्रदेश प्रहरी अस्पताल, वीरेन्द्रनगर सुर्खेतमा विस्तारित स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कँडेलज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गरिएको हो।

विस्तारित स्वास्थ्य सेवाअन्तर्गत अस्पतालमा अन्तरङ्ग विभाग, प्रयोगशाला सेवा, फार्मेसी, माइनर अपरेशन सेवा, जनरल ओपीडी, हाडजोर्नी उपचार, आँखा रोग ओपीडी लगायतका सेवा सञ्चालनमा ल्याइएको छ। साथै प्रहरी कर्मचारीसँगै सर्वसाधारण नागरिकलाई समेत उपचार सेवा प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारीज्यू, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठज्यू, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख नीलकण्ठ खनालज्यू लगायत विभिन्न सरकारी निकायका पदाधिकारी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले प्रहरी अस्पतालबाट प्रदान गरिने विस्तारित स्वास्थ्य सेवाले कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै गुणस्तरीय उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै