बर्दिया क्षेत्र नं–१ मा नागरिक उन्मुक्ति पार्टी नेपालमा ५०० भन्दा बढी नागरिक प्रवेश – Sagarmathapana:: Online News Portal

बर्दिया क्षेत्र नं–१ मा नागरिक उन्मुक्ति पार्टी नेपालमा ५०० भन्दा बढी नागरिक प्रवेश

   २०८२ पुष २१ गते  

बर्दिया।बर्दिया क्षेत्र नं–१ अन्तर्गत विभिन्न राजनीतिक पार्टी परित्याग गरी ५०० जना भन्दा बढी नागरिक नागरिक उन्मुक्ति पार्टी, नेपालमा प्रवेश गरेका छन्।

चकिया क्षेत्रमा आयोजित पार्टी प्रवेश तथा छलफल कार्यक्रम गुलरिया नगरपालिका–४ मा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा नवप्रवेशी सदस्यहरूलाई नागरिक उन्मुक्ति पार्टी नेपालको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा पार्टीका संस्थापक वरिष्ठ उपाध्यक्ष अब्दुल खानले नागरिक उन्मुक्ति पार्टी जनताको अधिकार,पहिचान र समावेशी लोकतन्त्रका लागि निरन्तर संघर्षरत रहेको बताउनुभयो। उहाँले बर्दिया जिल्लामा पार्टीप्रतिको जनसमर्थन तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै आगामी दिनमा संगठनलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले पार्टीको एजेन्डा र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै