सन् २०२५ मा अन्तर्राष्ट्रिय पर्यटक आगमन करिब ११ लाख ५८ हजार – Sagarmathapana:: Online News Portal

सन् २०२५ मा अन्तर्राष्ट्रिय पर्यटक आगमन करिब ११ लाख ५८ हजार

   २०८२ पुष १८ गते  

काठमाडौं।सन् २०२५ (जनवरी–डिसेम्बर) अवधिमा नेपालमा ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक (International Visitors Arrivals – IVAs) आगमन भएका छन्।यो संख्या सन् २०२४ को तुलनामा केही वृद्धि भएको हो भने कोभिड–१९ महामारी अघिको सन् २०१९ को स्तरको ९७ प्रतिशत वृद्धि भएको देखिएको छ ।

सन् २०२५ को डिसेम्बर महिनामा मात्र ९८ हजार १९० जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०२४ को डिसेम्बर महिनाको तुलनामा ७ प्रतिशतले बढी हो । साथै, डिसेम्बर २०१९ को पूर्व–महामारी अवधिको तुलनामा पनि ९७ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाएको छ ।

भारत शीर्ष पर्यटक स्रोत मुलुक

सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये भारत शीर्ष स्थानमा रहेको छ । भारतबाट २ लाख ९२ हजार ४३८ जना (२५.२ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

शीर्ष ५ पर्यटक स्रोत मुलुक यस प्रकार छन्:

  • भारत: २,९२,४३८ (२५.२%)
  • अमेरिका: १,१२,३१६ (९.७%)
  • चीन: ९५,४८० (८.२%)
  • बेलायत: ५८,६८४ (५.१%)
  • बंगलादेश: ५७,५४५ (५.०%)

दक्षिण एशियाबाट सबैभन्दा बढी आगमन

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एशिया (SAARC) क्षेत्रबाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । सन् २०२५ मा दक्षिण एशियाबाट ४ लाख ८ हजार १०३ जना (३५.२ प्रतिशत) पर्यटक आगमन भएका छन् ।

क्षेत्रगत पर्यटक वितरण:

  • दक्षिण एशिया (SAARC): ४,०८,१०३ (३५.२%)
  • अन्य एशिया: २,५३,३११ (२१.९%)
  • युरोप: २,२१,०१८ (१९.१%)
  • अमेरिका: १,३५,५०३ (११.७%)
  • ओसनिया: ५३,६९५ (४.६%)
  • मध्यपूर्व: २०,५०४ (१.८%)
  • अफ्रिका: ४,३२० (०.४%)
  • अन्य: ६२,००५ (५.५%)

पर्यटनबाट विदेशी मुद्रा आम्दानी र लगानीमा उत्साहजनक वृद्धि

पर्यटन क्षेत्रबाट हुने आर्थिक सूचकहरू पनि सकारात्मक देखिएका छन् । आर्थिक वर्ष ८२/८३ (श्रावणदेखि कार्तिक) सम्म पर्यटनबाट २७ अर्ब १५ करोड २५ लाख ५० हजार रुपैयाँ विदेशी मुद्रा आम्दानी भएको छ ।

त्यसैगरी, आर्थिक वर्ष ८२/८३ को श्रावणदेखि मंसिरसम्म पर्यटन क्षेत्रमा ४७६ परियोजनामार्फत ३० अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (FDI) प्रतिबद्धता प्राप्त भएको छ ।

पर्यटक आगमन, विदेशी मुद्रा आम्दानी र लगानीका यी तथ्यांकले नेपालको पर्यटन क्षेत्र पूर्व–कोभिड अवस्थामा पुनः फर्किंदै गएको संकेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै