“घुमौँ कर्णाली, हेरौँ कर्णाली” नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण शुभारम्भ – Sagarmathapana:: Online News Portal

“घुमौँ कर्णाली, हेरौँ कर्णाली” नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण शुभारम्भ

   २०८२ पुष ११ गते  

काठमाडौं-“घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने अभियानका साथ कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (Karnali International Film Festival) को तेस्रो संस्करण भव्य रूपमा शुभारम्भ गरिएको छ।

महोत्सवको उद्घाटन संघीय वन तथा वातावरण मन्त्री माननीय माधव चौलागाईंले गर्नुभएको हो। कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसी, नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौड्याल, FNCCI का पूर्व अध्यक्ष तथा संरक्षक भवानी राणा, दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सद्भावना दूत अभिनेता प्रदीप खड्का, कानुनी सल्लाहकार अधिवक्ता मेनुका आचार्य तथा वरिष्ठ साहित्यकार एवं नेपालको पहिलो चलचित्र अवार्ड स्थापना गर्ने व्यक्तित्व नरेन्द्र बहादुर श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले कर्णालीको पर्यटन, संस्कृति र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कर्णालीको प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति र सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

महोत्सवको सफल आयोजनामा सहयोग र सहभागिता जनाउने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेका छन्।

“घुमौँ कर्णाली, हेरौँ कर्णाली” नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण शुभारम्भ

“घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने अभियानका साथ कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (Karnali International Film Festival) को तेस्रो संस्करण भव्य रूपमा शुभारम्भ गरिएको छ।

महोत्सवको उद्घाटन संघीय वन तथा वातावरण मन्त्री माननीय माधव चौलागाईंले गर्नुभएको हो। कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसी, नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौड्याल, FNCCI का पूर्व अध्यक्ष तथा संरक्षक भवानी राणा, दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सद्भावना दूत अभिनेता प्रदीप खड्का, कानुनी सल्लाहकार अधिवक्ता मेनुका आचार्य तथा वरिष्ठ साहित्यकार एवं नेपालको पहिलो चलचित्र अवार्ड स्थापना गर्ने व्यक्तित्व नरेन्द्र बहादुर श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले कर्णालीको पर्यटन, संस्कृति र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कर्णालीको प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति र सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

महोत्सवको सफल आयोजनामा सहयोग र सहभागिता जनाउने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै