Api Himal गाउँपालिकामा ट्रेकिङ गाइड तथा पोर्टर गाइड तालिम सफलतापूर्वक सम्पन्न
दार्चुला।दार्चुला जिल्लाको Api Himal गाउँपालिका–खण्डेश्वरीमा ट्रेकिङ गाइड तथा ट्रेनिङ पोर्टर गाइड तालिम सफलतापूर्वक सम्पन्न भएको छ। दिगो पर्यटन परियोजना (Sustainable Tourism Project) र Api Himal गाउँपालिकाको सहकार्यमा आयोजित उक्त तालिम मंसिर १४ गतेदेखि मंसिर २९ गते, २०८२ सम्म सञ्चालन गरिएको हो।
फारवेस्ट नेपालका दुर्गम क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको यस तालिममा स्थानीय युवायुवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिममार्फत सहभागीहरूलाई सुरक्षित ट्रेकिङ, पर्यटक व्यवस्थापन, प्राथमिक उपचार, वातावरणीय संरक्षण, स्थानीय संस्कृति तथा आतिथ्य सत्कार सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।



तालिमले स्थानीय जनशक्तिलाई पेशागत रूपमा सक्षम बनाउँदै पर्यटन क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, Api Himal क्षेत्रको पर्यटन प्रवर्द्धन र दिगो विकासमा यसले सकारात्मक योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने प्रशिक्षक, सहजकर्ता तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाप्रति आयोजक एकेडेमीले हार्दिक आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि यस्ता सीपमूलक तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।















