नेवा: पुच: युएईद्वारा दुबईमा य:मरि पुन्हि पिकनिक आयोजना – Sagarmathapana:: Online News Portal

नेवा: पुच: युएईद्वारा दुबईमा य:मरि पुन्हि पिकनिक आयोजना

   २०८२ मंसिर २८ गते  

दुबई-नेवा: पुच: युएईले नेवार समुदायको मौलिक पर्व य:मरि पुन्हि ११४६ को अवसरमा भोलि आइतबार विशेष य:मरि पिकनिक आयोजना गर्ने भएको छ।कार्यक्रम दुबईस्थित मश्रिफ पार्क मा डिसेम्बर १५, २०२५ का दिन बिहान १२ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

नेवा: पुच: युएईका महासचिव कुमार बलामी ले जानकारी दिँदै भन्नुभयो,“य:मरि पुन्हि नेवार समुदायको पहिचान र संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्व हो।विदेशमा रहेर पनि आफ्ना भाषा,संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले यो पिकनिक आयोजना गरिएको हो। यसले समुदायबीच आपसी सद्भाव र एकता अझ बलियो बनाउने विश्वास लिएका छौं।


कार्यक्रममा य:मरि तथा अन्य परम्परागत परिकार, सांस्कृतिक भेषभूषा, आपसी भेटघाट र मनोरञ्जनात्मक गतिविधिहरू रहने आयोजकले जनाएको छ। सन् २००२ मा स्थापना भएको नेवा: पुच: युएई ले युएईमा रहेका नेवार समुदायलाई एकताबद्ध गर्दै संस्कृति संरक्षणमा निरन्तर योगदान दिँदै आएको छ।

महासचिव बलामीले युएईमा रहेका सम्पूर्ण नेवार समुदाय तथा नेपाली दाजुभाइ दिदीबहिनीलाई परिवारसहित कार्यक्रममा उपस्थित भइ सफल बनाउन आग्रह गर्नुभएको छ। थप जानकारीका लागि ०५८–१४४–५२७०६ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै