दुबईमा इतिहास रच्दै चन्द्रबहादुर थापा मगरद्वारा आईबीए वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा कास्य पदक – Sagarmathapana:: Online News Portal

दुबईमा इतिहास रच्दै चन्द्रबहादुर थापा मगरद्वारा आईबीए वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा कास्य पदक

   २०८२ मंसिर २८ गते  

UAE-दुबईमा जारी IBA Men’s World Boxing Championship   2025 मा नेपाली बक्सर चन्द्रबहादुर थापा मगर ले कास्य पदक जित्दै नेपाली बक्सिङ इतिहासमा नयाँ अध्याय थपेका छन्।

५४ केजी तौल समूहको सेमिफाइनलमा उनी बिहीबार काज किस्तानका बलिया बक्सर बिबोसिनोभ साकेनसँग ५-० ले पराजित भए पनि कास्य पदक हात पार्न सफल भए।यससँगै चन्द्रबहादुर थापा मगर आईबीए वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने पहिलो नेपाली बक्सर बनेका छन्।उनले पदकसँगै ७५ हजार अमेरिकी डलर (USD 75,000) पुरस्कारसमेत प्राप्त गरेका छन्।

चन्द्रबहादुर थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए।राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० राउन्ड १६ मा आर्मेनियाका डेभिट येगोरियनलाई ५–० क्वार्टर फाइनलमा इरानका काजेमी मेहदीलाई ५–० अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।

चन्द्रबहादुर थापाको यो ऐतिहासिक सफलता जापानमा हुने २०औं एसियाली खेललाई लक्ष्य गरी सञ्चालन भइरहेको “Mission 2026” अन्तर्गतको दीर्घकालीन प्रशिक्षणको परिणाम हो।तत्कालीन सदस्य सचिव टंकलाल घिसिङको योजनामा सुरु भएको यस मिशनअन्तर्गत चन्द्र थापा सुरुदेखि नै समावेश हुँदै आएका थिए।

चन्द्रबहादुर थापा नेपाल राष्ट्रिय टिमका अनुभवी प्रशिक्षक दीपक महर्जन (Deepak Maharjan)को नेतृत्वमा तथा राज श्रेष्ठसँग निरन्तर प्रशिक्षण गर्दै आएका छन्।


एशियन मेडलिस्ट तथा IBA 3-स्टार कोच दीपक महर्जनलाई नेपाली बक्सिङमा खेलाडी उत्पादन गर्ने सफल प्रशिक्षकको रूपमा चिनिन्छ। पछिल्ला वर्षहरूमा उनले बक्सिङमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्।प्रशिक्षक दीपक महर्जनले Mission 2026 मा आफूलाई योग्य ठानी प्रशिक्षणको जिम्मेवारी दिने तत्कालीन सदस्य सचिव टंकलाल घिसिङ,नेपाल राष्ट्रिय टोली तयारीका निर्देशक तथा उपनिर्देशक, र IBA Men’s World Boxing Championship 2025 Dubai मा प्रशिक्षकको रूपमा पठाउने नेपाल बक्सिङ महासंघका अध्यक्षलगायत सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।


Newa: Pucha UAE का महासचिव कुमार बलामीले नेपाली बक्सिङलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रशिक्षक दीपक महर्जनको योगदानको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताएका छन्।यसले नयाँ पुस्ताका खेलाडीहरूको मनोबल बढाउने र नेपाली खेलकुदलाई विश्वमञ्चमा अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै