प्रथम वालिङ स्ट्रिट फुड फेस्टिबल २०८२ सम्पन्न – Sagarmathapana:: Online News Portal

प्रथम वालिङ स्ट्रिट फुड फेस्टिबल २०८२ सम्पन्न

   २०८२ मंसिर २१ गते  

काठमाडौँ।स्याङ्जाको वालिङमा नगरपालिका को आयोजनामा पहिलो पटक प्रथम वालिङ स्ट्रिट फुड फेस्टिबल २०८२ सम्पन्न भएको छ । बजारलाई गतिशील र चलायमान बनाउने र स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उदेश्यले मङ्सिर १७ देखि सुरु गरिएको ३ दिने महोत्सव पछि १ दिन थप गरेर २० गतेसम्म चलेको थियो।

वालिङ् नगरपालिकाको झण्डै १२ लाख लगानी भएको प्रथम खाना महोत्सवमा ४ दिनमा झण्डै ४० लाखको कारोबार भएको अनुमान गरिएको छ।यो पहिलोपटक भएकोले यसलाई नगरपालिकाले आयव्यय भन्दा सन्देशको हिसाबले लगानी गरेको बताएको छ ।


महोत्सवमा अत्याधिक चर्चामा रहेको “अर्गानिक फुड ल्याण्ड” मा बनेको कोदो को म:म मेलाको महत्त्वपूर्ण आकर्षण बनेको थियो। स्थानीय उत्पादन र स्थानीय कला संस्कृतिलाई महत्त्व दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको भएपनि पहिलो प्रयास भएकोले प्रारम्भिक सिकाइ र सन्देशमुलक कार्यक्रममा सिमित रहेको थियो। कार्यक्रममा चर्चित कलाकारहरुलाई स्थान पाए पनि धेरै स्थानीय कलाकारहरुले भने मञ्च नपाएको गुनासो सुनिन्छ ।

यद्यपि पहिलो प्रयास भएकोले यसलाई सकारात्मक ढंगले लिएर आगामी दिनमा अधिकतम् प्रभावकारी बनाउने प्रयास गर्न जरुरी छ ।नगरपालिका स्रोतका अनुसार सडक महोत्सवलाई घुम्ती ढंगले सञ्चालन गर्ने बुझिएको छ ।

आगामी दिनमा बायाँटारी,पाठाखोला, मदीखोला,भुम्रे चोक,मिर्दी,रामबाच्छा लगायतका महत्त्वपुर्ण स्थान तथा होम्स्टे सञ्चालन गरिएका र महत्त्वपूर्ण गाउँ-ठाउँमा यस्ता कार्यक्रम राख्न सक्दा स्थानीय अर्थतन्त्र गतिशील हुने विश्वास राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै