मन्त्री कुलमान घिसिङ मंसिर १४ मा धरान आउँदै, स्थानीय समस्यामा प्रत्यक्ष अन्तरक्रिया – Sagarmathapana:: Online News Portal

मन्त्री कुलमान घिसिङ मंसिर १४ मा धरान आउँदै, स्थानीय समस्यामा प्रत्यक्ष अन्तरक्रिया

   २०८२ मंसिर १३ गते  

निमा पोङ्स्युवा

धरान।उज्यालोको पिता भनेर चिनिने ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ मंसिर १४ गते धरान आउन लागेका छन्। हाल अन्तरिम सरकारले नियुक्त गरेको घिसिङ नेतृत्वको उज्यालो नेपाल राजनीतिक दल दर्ता भइसकेपछि उहाँको भेटघाटलाई विशेष महत्वका साथ हेरिएको छ।

घिसिङ धरान आगमनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्ने उद्देश्यले धरानवासीलाई अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ। कार्यक्रममा धरानको विकास, सेवा–सुविधा, पूर्वाधार तथा अन्य समस्या सम्बोधनका विषयमा प्रत्यक्ष सुझाव र माग राख्न सकिने आयोजकले जानकारी दिएका छन्।

धरान १५ स्थित ङ्युङ्ले ल्हाघाङ गुम्बाको १० करोड मन्त्र जप र १२ सय वर्ष पुरानो गुरु रिम्पोछेको ८ लिला प्रदर्शनको उद्घाटनमा आउने भएपछि धरानको समस्या समाधान गर्नको लागि भन्दै लांघाली सामुदायिक भवनमा पनि अन्तर्क्रीयाको कार्यक्रम राखिएको जानकारी दिएको छ । गुम्बाको कार्यक्रम सकिएपछि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान,ढुंगे पार्क,धरान १५ को हाईटेन्सन,खानेपानीको विषय चार लेनको बाटो लगायतका समस्या तत्काल समाधान गर्नुपर्ने रहेको हुँदा उक्त समस्या लगायत प्रत्यक्ष समाधान गराउन पनि धराने नगरवासिलाई आह्वान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै