गुरुङ संस्कार–परम्परामा आधारित चलचित्र ‘तेनो कुर्सी(ढोग–भेट)’पोखरामा प्रदर्शित हुने – Sagarmathapana:: Online News Portal

गुरुङ संस्कार–परम्परामा आधारित चलचित्र ‘तेनो कुर्सी(ढोग–भेट)’पोखरामा प्रदर्शित हुने

   २०८२ मंसिर ११ गते  

काठमाडौँ।गुरुङ समुदायको संस्कार,परम्परा र जीवनशैलीलाई कथावस्तु बनाइ तयार गरिएको गुरुङ चलचित्र ‘तेनो कुर्सी(ढोग-भेट)’ यही मंसिर २४-२७ तथा २८ गते पोखरामा विशेष प्रदर्शनका लागि तयार भएको छ।आयोजकहरूले पोखरा-वासी तथा चलचित्रप्रेमी सबैलाई हार्दिक निमन्त्रणा गरेको छन्।


सुबास गुरुङ (गणेश)को लेखन तथा निर्देशनमा तयार गरिएको यस चलचित्रले गुरुङ समुदायमा प्रचलित बिहे परम्परा,ढोग-भेट संस्कार र यसको सांस्कृतिक महत्वलाई कथामार्फत प्रस्तुत गर्ने उद्देश्य लिएको छ।

चलचित्रमा पर्वत गुरुङ,राजेश गुरुङ,टिकराम घले,ओम गुरुङ, भीमबहादुर गुरुङ,थमन गुरुङ,खुशी माया गुरुङ,बबिता गुरुङ,अलिसा गुरुङ,पूजा गुरुङ र रीना गुरुङको दमदार अभिनय रहेको छ।

निर्मातामा चन्द्र गुरुङ,भीमबहादुर गुरुङ,कुमार गुरुङ,जयलक्ष्मी गुरुङ र ज्ञानबहादुर गुरुङ रहेका छन्।

पोस्ट-प्रोडक्सन कार्य ClimaxArt Production ले सम्पन्न गरेको हो भने निर्माण व्यवस्थापन भीमबहादुर गुरुङले सम्हालेका छन्।

निर्देशक सुबास गुरुङका अनुसार,चलचित्रले गुरुङ समुदायको मौलिक पहिचान,सांस्कृतिक परम्परा तथा जीवनशैलीलाई यथार्थ रूपमा उजागर गर्ने प्रयास गरेको छ।

पोखरा बासी तथा सम्पूर्ण दर्शकलाई चलचित्र हेर्न हार्दिक निमन्त्रणा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै