एनआरएनए यूएईको नयाँ नेतृत्व चयन:भीम मल्ल ठकुरी अध्यक्ष – Sagarmathapana:: Online News Portal

एनआरएनए यूएईको नयाँ नेतृत्व चयन:भीम मल्ल ठकुरी अध्यक्ष

   २०८२ कार्तिक ३० गते  

यूएई।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको नयाँ नेतृत्व चयन भएको छ।संघको ताजा बैठकबाट भीम मल्ल ठकुरीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो।यसअघि उनी एनसीसी यूएईका उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।

यसअघि अध्यक्षको भूमिकामा रहेका विकास शाहीले आफ्नो कार्यकाल पूरा गरेका थिए।नयाँ नेतृत्व चयन प्रक्रियामा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)का उपाध्यक्ष मनोज गोर्खाली, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना,मध्यपूर्व संयोजक रमेश श्रेष्ठसहित अन्य पदाधिकारीहरूको उपस्थिति थियो।

नयाँ कार्यसमिति यस्तो छ :

महासचिव : कुमार श्रेष्ठ

उपाध्यक्ष : रुद्र थापा, सुरिन भुजेल

सचिव : केशव खड्का, सविन तामाङ

कोषाध्यक्ष : नवराज ढुंगाना

सह–कोषाध्यक्ष : अलिना श्रेष्ठ

सदस्य : विजय श्रेष्ठ

अध्यक्षमा चयन भएपछि भीम मल्ल ठकुरीले आफ्नो पदप्रति व्यक्त गरिएको विश्वासबापत सम्पूर्ण नेपाली समुदाय तथा एनआरएनए अभियन्तालाई धन्यवाद दिनुभयो।

उहाँले भन्नुभयो,

“मलाई दिएको यो जिम्मेवारी सम्मान मात्र होइन, ठूलो उत्तरदायित्व पनि हो।म यूएईमा रहेका नेपाली कामदार, व्यवसायी तथा सम्पूर्ण समुदायका लागि इमानदारी र प्रतिबद्धतापूर्वक काम गर्नेछु।”

ठकुरी लामो समयदेखि संगठन विस्तार,श्रम-सम्बन्धी सहयोग, समुदायिक समस्या समाधान तथा एनआरएनए अभियन्तामाध्यमिक समन्वयमा सक्रिय हुँदै आएका व्यक्ति हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै