सांस्कृतिक सहिद रिदामा राम्लिहाङ १५९ औ स्मृति सभा सम्पन्न,आधिकारिक सहिद घोषणा माग – Sagarmathapana:: Online News Portal

सांस्कृतिक सहिद रिदामा राम्लिहाङ १५९ औ स्मृति सभा सम्पन्न,आधिकारिक सहिद घोषणा माग

   २०८२ आश्विन १६ गते  

धनकुटा।दशै आफ्नो चाड होइन भन्दा तत्कालीन राणा शासकले हत्या गरिएका सांस्कृतिक सहिद रिदामा राम्लिहाङको हत्या भएको स्मरणमा १५९ औ स्मृति सभा सम्पन्न भएको छ ।

सन १९६७ सालमा राणा शासकले धनकुटाका रिदामा आठ्पहरिया र राम्लिहाङ आठपहरियालाई दशै नमानेको आरोपमा झुन्ड्याएर मारेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष झै यस वर्षको दशैको टिकाको दिन पनि स्मृति सभा गरिएको हो ।

असोज १६ गते गरिएको स्मृति सभालाई अध्यक्षता गरेका किरात आठपहरिया समाजका निवर्तमान अध्यक्ष सार कुमारी आठपहरियाले सहिद रिदामा राम्लिहाङलाई आधिकारिक रुपमा पहिलो सहिद घोषणा गर्न माग गरे । आठपहरिया नेपालका नागरिक यदि हो भने सहिदको दर्जा दिनुपर्ने बताए । किरात आठपहररिया समाजले साथ नदिएकोप्रती लक्षित गर्दै एक थोपा रगत हुन्जेल सांस्कृतिक सहिदप्रती लडिरहने प्रतिबद्धता सारकुमारीले गरे । सवारी दुर्घटना भएर मृत्यु भएका व्यक्तिलाई चोकमा राखेर सम्मान गर्नेले आफ्नै समुदायको व्यक्ति सहिद हुँदा वास्ता नगरेको गुनासो उनले गरे ।

स्मृति सभामा मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङको तर्फबाट दिनेश बान्तवाले दशै मान्नेलाई मान्नु दिनु लोकतान्त्रिक कुरामा मान्दिनौ भन्दा दमन गरेको बताए । राज्य एकात्मक शैलिमा चलेको भन्दै अझै पनि दमन गरे इतिहासको परिघटना स्पष्ट पारेको भन्दै चेतावनी दिए । जसपा नेपाल धनकुटाका डम्बर खतिवडाले तत्कालीन अवस्थामा पनि दशै मान्दिन भन्न पाउनुपर्ने बताए । तेतिबेलाको घटना हाल आएर बुझ्दै आएको बताए जुन जो जस्ले पनि खोजी अध्ययन गरिने बताए ।

कोशी नाम खारेजी आन्दोलनका अभियन्ता समेत रहेका सन्जय सन्तोषि राईले राज्यको धर्म हुननहुने जिकिर गरे । दशै मान्दिन भन्दा १५९ वर्ष अगाडि तत्कालीन क्रूर राज्यसत्तले हत्या गरेको बताए । जुन हत्या जति नै खेद निन्दा गरे पनि कम हुने बताए । राज्यले गणतन्त्र नेपाल आइसक्दा पनि हिन्दु धर्मलाई मात्र प्रश्रय दिइरहेको आरोप लगाए । फुलपातिमा आफू पनि सहभागी भएको र राजकीय सम्मान गरिरहँदा नेपालका आदिवासी भुमिपुत्रका चाडपर्वमा भने विभेद गरेको दाबी गरे । केही दिन अघिको जेन्जीको घटनालाई सम्झिदै सुचनाको हक दबाउने हुँदा जसरी चौपट्ट भए त्यो हालत हुने चेतावनी दिए । सन्जय राईले किरात आठपहरिया समाजका पदाधिकारी प्रतिनिधि नभएकोप्रति आक्रोश पोख्दै पहिचानको अभियन्ता समेत रहेका अध्यक्षप्रती असन्तुष्ट पोखे । धनकुटा बाहिरबाट गैर आठपहरियाहरु सहिदलाई सम्झेर आउदासम्म आठपहरियाको अनुपस्थिती रहेको देख्दा संस्था र सहिदको अपमान भएको बताए ।

स्मृति सभामा धरानबाट श्रद्धाञ्जली दिन पुगेका नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानका अध्यक्ष हेमराज जिमि याक्खाले दशै आदिवासीको चाड नभएको भन्दै आदिवासी अभियन्ताले आफ्नै चाडपर्व बारे प्रष्ट पारेर जानुपर्ने बताए ।

धनकुटाको चोङ्सोङ्मा झुन्डुवामा रिदामा राम्लिहाङको एक दशक अघि पुर्ण कदको शालिक निर्माण भएको र जिर्ण अवस्थामा समेत रहेको प्रचारप्रसार अभावमा गुमनाम बन्दै गैरहेको छ । छ वर्ष अघिदेखी प्रचारप्रसारमा ब्यापकतासंगै जिर्णोद्धार अभियान थालेपछि अमित थेबे निमा पोङ्स्युवाको अगुवाइमा यसपटक शालिक रंगरोगन भएको छ । त्यसैगरी शालिकको अगाडिको भागमा चढेर माल्यार्पण गर्ने उचो भाग उठाउने काम भएको छ । जुन कामको लागि हाल अमेरिकामा रहेका सुरेश चाम्लिङको तर्फबाट १० हजार आर्थिक सहयोग उपलब्ध भएका थिए । एक साता अघि अभियन्ताहरु अमित थेबे,जनक ऋषि चाम्लिङ,दिनेश बान्तवा,निमा पोङ्स्युवा सहितको समुहले रंगरोगन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै