श्रावण १८ गते रिलिज हुने‘मोदीबेनी’
काठमाडौं। श्रावण १८/ गते रिलिज हुने‘मोदीबेनी’ एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल महसुस गराउँछ। ट्रेलरमा देखाइने केही दृश्यहरू ‘सरप्राइजिङ’ छन्। यसमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठबिच अंकुराएको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ।
ट्रेलरमा कुनै समय हिरोइन भएर दर्जनौँ चलचित्रमा काम गरेकी रेजिना उप्रेती वर्षाको आमाको भूमिकामा देखाइएको छ। उनलाई सेतै फुलेको कपालमा देख्न सकिन्छ। अभिनेता सरोज खनालको लुक्स पनि ट्रेलरको आकर्षक पक्ष हो। उनी पनि सेतै फुलेको लामो दाह्री र जुँगामा देखिएका छन्। यही चलचित्रबाट डेब्यु गरेका अमर प्रताप श्रेष्ठको लुक्स र अभिनय राम्रो देखिएको छ । उनको एक्सन पनि छरितो छ।
शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।














