मनास्लु आरोहणमा नयाँ कीर्तिमान:२२ वर्षीया छिरिङ डिकी लामा सबैभन्दा कान्छी नेपाली महिला आरोही
काठमाडौं।गोरखा जिल्लाको चुमनुब्री–१, सामागाउँकी २२ वर्षीया छिरिङ डिकी लामाले विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। यससँगै
उनी मनास्लुको शिखर (रियल सम्मिट) पुग्ने सबैभन्दा कान्छी
नेपाली महिला आरोही बनेकी छन्।
लामाले Pioneer Adventure Pvt. Ltd. को आयोजनामा, सोही टोलीको मार्गदर्शनमा, असोज ७ गते बिहान १०:५० बजे मनास्लुको सफल आरोहण गरेकी हुन्। Pioneer Adventure का कार्यकारी निर्देशक निबेश कार्कीले यो उपलब्धिको पुष्टि गरेका छन्।
यस उपलब्धिसँगै लामाले नेपाली युवतीहरूको उच्च हिमाल आरोहणमा नयाँ कीर्तिमान स्थापित गरेकी छन्।














