दशैँ विशेष : काठमाडौं–नारायणगढ ननस्टप साझा यातायात सेवा सुरु,भाडा रु. ३०० मात्र
काठमाडौं-दशैँमा घर फर्किने यात्रुहरूको भीडलाई ध्यानमा राख्दै साझा यातायातले काठमाडौं–नारायणगढ बीच ननस्टप बस सेवा सुरु गरेको छ। यात्रुहरूको सहज आवागमनका लागि चढाइ–ओर्लाइ बिना सिधै गन्तव्यमा पुग्ने सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यस ननस्टप सेवाको भाडा रु. ३०० मात्र तोकिएको छ। सामान्यतया काठमाडौं–नारायणगढ मार्गमा यात्रुहरूले ४०० रुपैयाँसम्म तिर्नुपर्ने भए पनि दशैँ विशेष सुविधा स्वरूप भाडा सस्तो गरिएको हो।
साझा यातायातका अनुसार हरेक दिन बिहानदेखि बेलुकीसम्म एक घण्टाको फरकमा बसहरू छुट्नेछन्। कम्पनीले दशैँमा यात्रुहरूको चाप उच्च हुने भएकाले टिकट पहिले नै बुक गर्न सुझाव दिएको छ।
यात्रुहरूले यस सेवाबाट छिटो, सुरक्षित र सस्तो यात्राको अनुभव गर्ने अपेक्षा गरिएको छ।












