युवा नेता अब्दुल खानद्वारा बर्दियाबाट “नागरिक संवाद यात्रा”शुभारम्भ
बर्दिया।स्वतन्त्र युवा नेता अब्दुल खानको उपस्थितिमा “नयाँ नेपाल निर्माणका लागि… नयाँ सोच, भिजन, मिसनका साथ… नागरिक संवाद यात्रा” बर्दिया जिल्लाको गुलरिया नगरपालिकाबाट विशेष कार्यक्रम गरी शुभारम्भ गरिएको छ।
कार्यक्रममा उपस्थित सहभागीहरूलाई सम्बोधन गर्दै नेता खानले नयाँ नेपाल निर्माणका लागि सकारात्मक सोच, स्पष्ट भिजन र ठोस मिसन आवश्यक रहेको उल्लेख गर्दै नागरिकस्तरबाटै संवाद र सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो।
यस संवाद यात्राको माध्यमबाट विभिन्न स्थानमा स्थानीय नागरिकसँग प्रत्यक्ष छलफल गर्दै राष्ट्र निर्माणमा युवा पुस्ताको भूमिका र जिम्मेवारीबारे जागरण फैलाउने उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्।














