काठमाडौं महानगरपालिका द्वारा खोटाङको जन्तेढुङ्गा गाउँपालिकालाई निःशुल्क एम्बुलेन्स हस्तान्तरण – Sagarmathapana:: Online News Portal

काठमाडौं महानगरपालिका द्वारा खोटाङको जन्तेढुङ्गा गाउँपालिकालाई निःशुल्क एम्बुलेन्स हस्तान्तरण

   २०८२ आश्विन ६ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाले खोटाङ जिल्ला, जन्तेढुङ्गा गाउँपालिकालाई निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ।

सहज र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिका प्रतिनिधिहरू र जन्तेढुङ्गा गाउँपालिकाका स्थानीय प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

स्थानीय बासिन्दाहरूले यस कदमलाई स्वागत गर्दै यसले स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै