“जेन–जेड आन्दोलनपछिको भग्नावशेष“मा भाटभटेनी र दिव्य दृष्टि नेपालको सहकार्यमा पुनर्निर्माण अभियान”
काठमाडौँ-हालै भदौ २३ र २४ गते राजधानी काठमाडौँमा भएको जेन–जेड आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको आजदेखि सफाइ अभियान सुरु भएको छ।
मा भाटभटेनी संस्था र दिव्य दृष्टि नेपाल ललितपुर को सहकार्यमा सुरु भएको अभियानअन्तर्गत पहिलो दिन हाडिगाउँस्थित गहनापोखरी प्रहरी चौकीको भग्नावशेष सफाइ गरिएको हो। उक्त चौकी आन्दोलनकै क्रममा पूर्ण रूपमा भत्किएको थियो।




मा भाटभटेनी संस्थाकी सचिव सबीना प्रजापतिले सगरमाथापाना सँग कुरा गर्दै, “अब क्रमशः अन्य संरचनाहरूको पनि सफाइ हुँदै जानेछ। यसमा अरू संस्थाहरूलाई पनि सहभागी गराइनेछ,” भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गरिन्।
त्यसैगरी, दिव्य दृष्टि नेपाल का अध्यक्षले ललितपुरबाट सहकार्य गर्दै अन्य स्थानमा भत्किएका संरचनाको पुनर्निर्माणमा समेत योगदान दिने प्रतिबद्धता जनाए। उनले भने, “जे भयो, राम्रो भएन तर अब हामी सबै मिलेर देश निर्माणतर्फ लाग्नुपर्छ।”
मा भाटभटेनी संस्थाका अध्यक्ष मधु थापाका अनुसार आजदेखि नै बिग्रिएका संरचनाको निरन्तर सफाइ र पुनर्निर्माण अभियान सुरु भएको हो। अभियानमा स्थानिय जेन–जेड युवाहरूको उपस्थिति र श्रमदान उल्लेख्य देखिएको थियो।















