अमेरिकाबाट थप ३७ नेपाली नागरिक आज स्वदेश फर्काइने – Sagarmathapana:: Online News Portal

अमेरिकाबाट थप ३७ नेपाली नागरिक आज स्वदेश फर्काइने

   २०८२ भाद्र १८ गते  

काठमाडौं।अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई निष्कासन प्रक्रियामार्फत नेपाल ल्याइने भएको छ । उनीहरूलाई भोलि ओम्नी एयरको चार्टर विमानमार्फत काठमाडौं ल्याइने अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार अमेरिकी पक्षले चार्टर विमानमार्फत पठाउने जानकारी दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म दुई सयभन्दा बढी नेपाली नागरिकलाई अमेरिका सरकारले ‘डिपोर्ट’ गरी नेपाल पठाइसकेको छ । अहिलेसम्म निष्कासनमा परेका नागरिक २८ जिल्लाका रहेका विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै