बर्दियामा वीर शहिद राम मनोहर यादवको ८औँ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
बर्दिया।जनमत पार्टी बर्दियाले स्वराज आन्दोलनका प्रथम वीर शहिद स्वर्गीय राम मनोहर यादवको ८औँ श्रद्धाञ्जली कार्यक्रम बर्दियाको गुलरिया बजारमा भव्यताका साथ सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष राजेश यादव, केन्द्रीय सदस्य अनवर खान, जिल्ला उपाध्यक्ष सुनील यादव (कृष्ण कुमार यादव), जिल्ला प्रवक्ता राम दुलारे सोनकर, युवा अध्यक्ष मनोज चौहान, किसान जनमत संघ जिल्ला अध्यक्ष बच्छराम हरिजन, नगर अध्यक्ष मनोज गोडिया, नगर युवा अध्यक्ष बृजेश राय, नगर सचिव राम सुरेश यादवलगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा उपस्थित महानुभावप्रति आयोजकहरूले धन्यवाद ज्ञापन गरेका छन्।
श्रद्धाञ्जली कार्यक्रममा शहिदप्रतिको सम्मान व्यक्त गर्दै उपस्थितहरूले “वीर शहिद राम मनोहर यादव अमर रहुन” र “वीर शहिद जिन्दावाद” जस्ता नाराहरू पनि घन्काएका थिए।












