नेपालको पूँजीबजारमा हालसम्मकै ठूलो HLI Large Cap Fund निष्काशन हुँदै

काठमाडौं।नेपालको पूँजीबजारको इतिहास मा हाल सम्मकै सबैभन्दा ठूलो HLI Large Cap Fund (Corpus Size: ४ अर्ब) आगामी भाद्र १५ गतेदेखि निष्काशन हुने भएको छ।
यस फण्डलाई IRN AMC Quality 3 Rating प्राप्त भएको छ, जसले यस योजनालाई विश्वसनीय र उच्च सम्भावनायुक्त बनाएको विज्ञहरूले बताएका छन्। लगानीकर्ताले यस फण्डबाट उच्च प्रतिफल प्राप्त गर्ने प्रबल सम्भावना रहेको अनुमान गरिएको छ।
यसअघि यतिधेरै आकारको इकाइ योजनाको निष्काशन भएको इतिहास नभएकाले यसलाई पूँजीबजारमा महत्वपूर्ण उपलब्धि मानिएको छ।