हलेसी तुवाचुङ नगरबासीलाई ईलाका प्रशासन कार्यालयको सुविधा
खोटाङ-नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस गरिएको छ।


सरकारले उक्त कार्यालयलाई २ नम्बरमा प्राथमिकताका साथ स्थापना गर्ने निर्णय गरेपछि अब हलेसी तुवाचुङ नगरबासीले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जनजाति सिफारिसलगायत प्रशासनिक सेवासुविधा आफ्नै क्षेत्रमा पाउने भएका छन्।
यसअघि यी सम्पूर्ण कामकाजका लागि स्थानीयवासीलाई जिल्लाको अन्य स्थान वा सदरमुकाम धाउनुपर्ने बाध्यता थियो। कार्यालय स्थापनासँगै सेवा सरल, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीले सरकारको यो निर्णयप्रति स्वागत गर्दै अब प्रशासनिक काममा सहजता आउने विश्वास व्यक्त गरेका छन्।
ईलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस गरिएको अन्य स्थान













