प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।
सोमबार खुमलटारस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एनएमएको निर्वाचनमा फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानल विजयी भएकोप्रति खुशी व्यक्त गर्दै नयाँ नेतृत्वले पर्वतीय पर्यटन व्यवसायको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। हाल निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहकार्य गर्ने सबैलाई पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। एनएमएलाई अझ प्रभावकारी र सशक्त संस्थाका रूपमा अघि बढाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ।”
हालै सम्पन्न एनएमएको निर्वाचनमा फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानल एक उपाध्यक्ष र एक सदस्यबाहेक सबै पदमा विजयी भएको थियो ।













