ताप्लेजुङ गोल्डकप : सलहेस युवा क्लब च्याम्पियन – Sagarmathapana:: Online News Portal

ताप्लेजुङ गोल्डकप : सलहेस युवा क्लब च्याम्पियन

   २०८२ भाद्र १ गते  

ताप्लेजुङ।तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मधेश प्रदेशको सिरहा–आधारित सलहेस युवा क्लबले जितेको छ।

सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेलमैदानमा आइतबार भएको फाइनलमा सलहेसले ए डिभिजन क्लब चर्चब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै उपाधि उचालेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सलहेस आक्रामक बनेको थियो। खेलको ७९औं मिनेटमा सुनिल खड्का र इन्जुरी समयको ९१औं मिनेटमा युसुफ मल्लीकले गोल गर्दै सलहेसलाई ऐतिहासिक जित दिलाए।

उपाधिसँगै सलहेसले नगद ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता चर्चब्वाइजले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

गतवर्ष फाइनलमा मोरङसँग १–० ले पराजित हुँदै उपविजेता बनेको सलहेसले यसपटक भने शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको हो।

लाखे जात्राको अवसर पारेर साउन २४ गते जनै पूर्णिमादेखि सुरु भएको प्रतियोगितामा भारतको एकसहित ८ टिमले सहभागिता जनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै