कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. पुजनकुमार रोकाया नियुक्त – Sagarmathapana:: Online News Portal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. पुजनकुमार रोकाया नियुक्त

   २०८२ श्रावण २८ गते  

जुम्ला।प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) को उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई नियुक्त गरेका छन्।

जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी डा. रोकाया करिब एक दशकदेखि प्रतिष्ठानमा सेवा दिँदै आएका अनुभवी हाडजोर्नी विशेषज्ञ हुन्। उनले स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

नव–नियुक्त उपकुलपति डा. रोकायाले कर्णाली प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पहुँचलाई सुदृढ बनाउन, चिकित्सकीय जनशक्ति विकास गर्न र स्वास्थ्य पूर्वाधारको सुधारमा प्राथमिकता दिने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै