विमान दुर्घटना – Sagarmathapana:: Online News Portal

विमान दुर्घटना

   २०८१ श्रावण ९ गते  

काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेमा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरकाअनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै