नेपालमा जुलाईमा ७० हजार अन्तर्राष्ट्रिय पर्यटकको आगमन,सात महिनामै ६ लाख ४७ हजार नाघ्यो – Sagarmathapana:: Online News Portal

नेपालमा जुलाईमा ७० हजार अन्तर्राष्ट्रिय पर्यटकको आगमन,सात महिनामै ६ लाख ४७ हजार नाघ्यो

   २०८२ श्रावण १६ गते  

काठमाडौं।सन् २०२५ को जुलाई महिनामा नेपालले ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ। अघिल्लो वर्षको तुलनामा यो ८.७ प्रतिशतले बढी हो। नेपाल पर्यटन बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन् २०१९ को तुलनामा पनि यो आगमन ९९ प्रतिशत रिकभरीको सूचक हो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो तथ्याङ्कले नेपालको पर्यटन पुनरुत्थान यात्रालाई बल दिएको बताएका छन्। “नेपाल फेरि एकपटक विश्वभर लोकप्रिय गन्तव्यको रूपमा स्थापित हुँदैछ,” उहाँले भन्नुभयो।


७ महिनामा ६ लाख ४७ हजार पर्यटक

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको अवधिमा नेपालमा ६ लाख ४७ हजार ८ सय ८२ जना पर्यटक भित्रिएका छन्। यो महामारीपछि अहिलेसम्मकै उच्च आगमन हो

जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। कुल २७ हजार १ सय ५२ भारतीय पर्यटक नेपाल आएका छन्, जुन कुल संख्याको ३८.७ प्रतिशत हो।

त्यसपछिका प्रमुख मुलुकहरू:

चीन — ६ हजार ८९० (९.८%)

अमेरिका — ६ हजार ६२६ (९.४%)

बंगलादेश — ४ हजार ४१३ (६.३%)

बेलायत — ३ हजार ५४७ (५.१%)

क्षेत्रीय आँकडा

क्षेत्रगत हिसाबले हेर्दा:

  • दक्षिण एशिया — ३३ हजार ७८७ (४८.१%)
  • अन्य एशियाली देशहरू — १३ हजार ५२ (१८.६%)
  • युरोप — ९ हजार २९२ (१३.२%)
  • अमेरिका महादेश — १२ हजार ७७५ (११.१%)
  • ओसिनिया — १ हजार ८०७ (२.६%)
  • मध्यपूर्व — ८२६ (१.२%)
  • अफ्रिका — ३१८ (०.५%)
  • अन्य क्षेत्रहरू — ३ हजार ३२९ (४.७%)

भिजिट नेपाल दशकले दियो टेवा

बोर्डका सीईओ जोशीका अनुसार, भिजिट नेपाल दशक अन्तर्गत चलिरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको सक्रियता, र विविध पर्यटन उत्पादनहरूले हाल नेपालप्रति पर्यटकको आकर्षण तीव्र रूपमा बढेको छ।

कोभिड-१९ महामारीपछि थला परेको नेपालको पर्यटन उद्योगले २०२५ मा फेरि गति लिन थालेको स्पष्ट संकेत देखिएको छ। संख्यात्मक मात्र नभई विविध मुलुक तथा क्षेत्रहरूबाटको सहभागिताले नेपाललाई फेरि एकपटक विश्व पर्यटन नक्सामा प्रभावकारी रूपमा पुनःस्थापित गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै