लेमोन ट्री प्रिमियर होटलमा एनआईसी एशिया बैंकका ग्राहकहरूलाई विशेष छुट
काठमाडौं–एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच रणनीतिक सहकार्यको रुपमा लेमोन ट्री प्रिमियर होटल, बुढानीलकण्ठ मा सेवा लिने ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौताअनुसार, अब एनआईसी एशिया बैंकका ग्राहकहरूले डिजिटल माध्यम (डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप) बाट भुक्तानी गर्दा होटलका विभिन्न सेवामा छुट प्राप्त गर्नेछन्।
आवास, खाना तथा पेय पदार्थ सेवामा १५ प्रतिशत
स्पा सेवामा २० प्रतिशत छुट प्राप्त हुनेछ।


सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गर्नुभएको हो।
बैंकले यो सहकार्यबाट ग्राहकहरूलाई थप सुविधा प्रदान हुने र डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।













