NMA को निर्वाचन: अध्यक्ष पदका चार उम्मेदवारको आ–आफ्नै योजना र प्राथमिकता
काठमाडौं-नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी भदौ ७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जना वरिष्ठ पर्यटन व्यवसायीहरूले उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारहरूले आ–आफ्नो योजना र दृष्टिकोणसहित संघको भावी नेतृत्व दाबी गरेका छन्।


१. फुर गेल्जे शेर्पा
“माउन्टेन टुरिजम युनिभर्सिटी” र उद्धार प्रणालीको घोषणा वरिष्ठ पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाले “पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उम्मेदवारी दिएका छन्।
उनले निम्न योजना सार्वजनिक गरेका छन्:
माउन्टेन टुरिजम युनिभर्सिटी स्थापनामार्फत दीर्घकालीन पर्वतीय शिक्षा प्रणाली,थामे, कोङबुचे, मनाङ, पोर्चेजस्ता क्षेत्रका तालिम केन्द्रलाई एकीकृत गरी अन्तर्राष्ट्रिय स्तरको तालिम प्रणाली,स्थानीय युवालाई उद्धार तालिम दिई उपकरणसहितको रेस्क्यु टिम गठन
नेपाली विश्व कीर्तिमानी आरोहीलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विशेष सुविधाको वकालत

२. कुलबहादुर गुरुङ
“८ एम” रणनीतिसहित नीति सुधारको दृष्टिकोण,संघका पूर्व महासचिव कुलबहादुर गुरुङले आफ्ना “८ एम” प्राथमिकता क्षेत्रहरू सार्वजनिक गरेका छन्:
हिमाल, हिमाली वातावरण, बासिन्दा, संस्कृति, सम्पदा,पर्वतारोही, सेवा प्रदायक, श्रमिक ,उनका मुख्य प्रस्ताव:
सुरक्षित पर्वतारोहण व्यवस्थापन,समुदाय सशक्तीकरण र श्रमिक संरक्षण,संस्थागत सुधार र उत्तरदायी नेतृत्व,अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय ब्रान्ड विकास
३. टिकाराम गुरुङ
अनुभवी आरोहीबाट संघ सशक्त बनाउने अठोट
सगरमाथा आरोहण गरेका टिकाराम गुरुङले आफ्नो नेतृत्व क्षमता र अनुभवमार्फत संघलाई सशक्त बनाउने बताएका छन्।यद्यपि विस्तृत एजेन्डा सार्वजनिक नगरे पनि, व्यावसायिक पृष्ठभूमि र अभियानमा संलग्नताका आधारमा उनी प्रतिस्पर्धामा छन्।
४. ठाकुरराज पाण्डे
शालिन बजेट, महिला सहभागिता र हिल स्टेशनको योजना हालका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले निम्न प्रतिबद्धता जनाएका छन्:संघको खर्च कटौती, विदेश भ्रमणमा व्यक्तिगत खर्च,आरोही कल्याणकारी कोषलाई कानुनी मान्यता,जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय दबाब
७७ जिल्लामा पर्वतीय पर्यटन प्रवर्द्धन सरकारसँगको समन्वयमा ककनीमा अन्तर्राष्ट्रिय पर्वतीय हब, हिल स्टेशन र आरोग्य भवन स्थापना,महिला आरोहीका लागि रोजगारी सिर्जना र महान आरोहीहरूको सम्मानमा शालिक स्थापना
चारै उम्मेदवारले आ–आफ्नै दृष्टिकोण, अनुभव र योजना सार्वजनिक गर्दै संघको भावी नेतृत्वमा आस्था व्यक्त गरेका छन्। अब मतदाताको निर्णयले संघको भावी दिशा तय गर्नेछ।












