त्रिभुवन विश्वविद्यालय र NMA द्वारा BMS अध्ययनका लागि CMAT परीक्षा घोषणा
काठमाडौं-त्रिभुवन विश्वविद्यालय (TU) ले Nepal Mountain Academy (NMA) मार्फत सञ्चालन हुने Bachelor of Mountaineering Studies (BMS) कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरूको लागि CMAT परीक्षा फाराम खुला गरेको छ।

BMS के हो?
BMS चार वर्षे (आठ सेमेस्टर) स्नातक तहको कार्यक्रम हो, जसमा व्यवस्थापन अध्ययन, सामाजिक विज्ञान, शुद्ध विज्ञान, पर्वतारोहण र पर्यटन सम्बन्धी मूलभूत कोर्सहरू समावेश छन्। साथै, यसमा चयनात्मक विषयहरू, परियोजना तथा क्षेत्रीय अनुसन्धान कार्य, र अन्तिममा थेसिस लेखन समेत गर्नुपर्ने हुन्छ।
यसकारण BMS केवल पर्वतारोहण सिकाउने पाठ्यक्रम मात्र नभई, आधुनिक व्यवस्थापन, पर्वतीय पर्यटन र पर्वतारोहण अध्ययनको पूर्ण संयोजन हो।



CMAT (Central Management Admission Test) भनेको व्यवस्थापन संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना हुनका लागि लिइने प्रवेश परीक्षा हो। यो परीक्षा त्रिभुवन विश्वविद्यालय (TU) को Faculty of Management (FoM) द्वारा सञ्चालन गरिन्छ।
CMAT फाराम भर्ने प्रक्रिया:
Program चयन गर्नुहोस्: BMS College चयन गर्नुहोस्: Nepal Mountain Academy
अन्य आवश्यक विवरण भरी, आवश्यक कागजात अपलोड गर्नुहोस्।फाराम समिट गर्नुहोस्।
थप जानकारीका लागि सम्पर्क: 01-5244888 | 9851127190
नेपाल पर्वतारोहण प्रतिष्ठान (NMA) का कार्यकारी निर्देशक अनिल किराती का अनुसार, “हिमालको बारेमा पढ्ने, बुझ्ने र आधुनिक व्यवस्थापनसँग जोडिएको यो पाठ्यक्रम भविष्यका लागि अत्यन्त उपयोगी हुनेछ।”













