नेपालमा “जलवायु परिवर्तन र पर्यटन”सम्बन्धी दोस्रो कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

नेपालमा “जलवायु परिवर्तन र पर्यटन”सम्बन्धी दोस्रो कार्यक्रम सम्पन्न

   २०८२ श्रावण १० गते  

ललितपुर-जलवायु परिवर्तन र ग्लोबल वार्मिङले नेपालको पर्यटन क्षेत्रमा पार्ने प्रभावबारे सचेतना फैलाउन “नेपालको पर्यटन सम्बन्धी जलवायु परिवर्तन र ग्लोबल वार्मिंग दोस्रो कार्यक्रम” शुक्रबार ललितपुरको मङ्गलबजारस्थित आदर्श कन्या निकेतन उच्च माध्यमिक विद्यालयमा सम्पन्न भयो।

कार्यक्रम राष्ट्रिय युवा परिषद् अन्तर्गत पर्यटन क्षेत्रमा क्रियाशील युवा पथप्रदर्शक सञ्जालको आयोजनामा गरिएको हो। कार्यक्रममा पर्वतारोहण, जलवायु परिवर्तन र वातावरणीय सचेतनासम्बन्धी विभिन्न प्रस्तुति र प्रशिक्षण गराइएको थियो।

कार्यक्रमका प्रमुख आकर्षणमध्ये नेपाल माउन्टेन इन्स्ट्रर्क्टर एसिसिएसन (एनएमए)का प्रशिक्षक लामबाबु शेर्पाको विशेष प्रशिक्षण, पर्वतारोहण तथा जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण भिडियो प्रस्तुति, साथै सहभागी विद्यार्थीमध्ये दुई जनालाई निःशुल्क गाइड तालिम दिने घोषणा गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य विनोद शाही ठकुरी, परिषद्का शाखा अधिकृत रमेश भट्टराई, नेपाल माउन्टेन एकेडेमीकी लेक्चरर रबिना बाके, स्वास्थ्यकर्मी सञ्जालकी अध्यक्ष अस्मिता पाठक, कर्णाली आईकन अवार्ड २०२४ विजेता युवा अभियन्ता राजेन्द्र अधिकारी र ललितपुर महानगर शिक्षा उपसमिति संयोजक प्रकाश महर्जनलगायतको सहभागिता थियो।


यस कार्यक्रममा विद्यालयका विद्यार्थी र आयोजक टिमसहित ६१ जना सहभागी थिए।

युवा पथप्रदर्शक सञ्जालका अध्यक्ष अनुप सुवेदीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै भने,

“यस कार्यक्रमले युवा पुस्तालाई पर्यटन, वातावरणीय सचेतना र नेतृत्वतर्फ उन्मुख गराएको छ। हामी यस्ता प्रयासलाई अझ व्यापक र प्रभावकारी बनाउनेछौं।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै