एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक – Sagarmathapana:: Online News Portal

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक

   २०८२ असार २७ गते  

काठमाडौं— काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार एक मिनेटमै सम्पन्न भएको छ।

दिउँसो २ बजे सुरु भएको बैठकमा मेयर बालेन शाहले बैठकका लागि २४ वटा एजेन्डा तय गरिएको भए पनि केवल एउटा महत्वपूर्ण प्रस्तावमात्र पेस गर्ने बताएका थिए। उनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे, जसलाई उपस्थित सबै सदस्यहरूले सर्वसम्मत रूपमा समर्थन जनाए।

प्रस्ताव पारित भएपछि मेयर शाहले “बैठक समाप्त” घोषणा गर्दै कार्यपालिका बैठक अन्त्य गरेका थिए।

बैठक यति छोटो र निष्कर्षमूलक शैलीमा सम्पन्न हुनु काठमाडौं महानगरको निर्णय प्रक्रियामा देखिएको नयाँ अभ्यासको रूपमा लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै