गायक मिलनको ‘आमा’ लाई उत्कृस्ट प्रतिक्रिया (भिडियो) – Sagarmathapana:: Online News Portal

गायक मिलनको ‘आमा’ लाई उत्कृस्ट प्रतिक्रिया (भिडियो)

   २०७९ बैशाख १३ गते  

गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । नजिकिँदो मातातिर्थ औसी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै श्रेष्ठले शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज शिवाकोटीको शब्द एवं संगीतमा गीतमा स्वर दिएका हुन् । गीतलाई सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा गायक मिलन स्वयंमका साथमा चरित्र अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । निशाल पौडेलको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो यु ट्युबमा हेर्ने जति दर्शकले उत्कृस्ट प्रतिक्रिया दिई रहेका छन्। दर्शकको मायाले आफु खुसि भएको गायक तथा मोडल मिलनले बताए।

‘मिलन गीता श्रेष्ठ’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै