पूर्वमन्त्री दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सदर गर्यो
काठमाडौं । गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ ।
मंगलबार सर्वोच्च अदालतले मनाङ्गेलाई जेल संजाय सु्नाएको हो । उच्च अदालत पाटनले गरेको फैसला सर्वोच्च अदालतले सदर गरेको हो । सर्वोच्चले गुण्डानाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङ्गेलाई दोषी ठहर गरेको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्चले गरेको फैसला सदर गरेको हो ।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उनलाई वन मन्त्री बनाएपछि उनले राजीनामा दिएका थिए । पाण्डेको सरकार टिकाउन सहयोग गरेबापत भौतिक पूर्वाधार मन्त्री भएका उनलाई एमाले सरकारमा सहभागी भएपछि वन मन्त्री बनाइएपछि राजीनामा दिएर मन्त्रीपद विक्रीमा राखेको भन्दै अन्तर्वार्ता दिएका थिए ।
मनाङ्गे गण्डकी प्रदेशसभाका सांसद हुन् । उनी गण्डक प्रदेश सरकारमा भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रीसमेत भइसकेका छन् ।












