जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिना जेल
काठमाडौँ । जापानमा शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ ।
जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा मानिसहरूले सार्वजनिक यातायातको सट्टा साइकल बढी प्रयोग गर्न थालेका छन्।
त्यसपछि जापानमा साइकल यात्रुको दुर्घटना बढेको छ । जापानमा लागू भएको यो नयाँ नियमअनुसार साइकल चलाउँदा मदिरा सेवन गरेमा तीन वर्षसम्मको सजाय र ५ लाख यान जरिवानाको व्यवस्था गरिएको छ ।

जापानको संशोधित सडक कानूनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ ।












