धादिङ।धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार गएराति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।






