EN
मेनु
Flash News

काठमाडौं उपत्यकाका चार नारायण मन्दिरमा विशेष पूजा र मेला

काठमाडौ-हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकाका चार नारायण मन्दिर—चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणमा विशेष पूजा–आराधना तथा दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ।

त्यस्तै, बूढानीलकण्ठस्थित नारायणस्थानलगायत देशभरका विभिन्न विष्णु मन्दिरमा भक्तजनहरू पूजाआजा तथा दर्शनका लागि पुग्ने परम्परा छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वले नेपाली समाजमा आस्था, परम्परा र पारिवारिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। विशेषगरी तुलसी विवाहको परम्पराले प्रकृति र धर्मबीचको सम्बन्धलाई समेत उजागर गर्ने गर्दछ।