धरान।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालकै पहिलो UIMLA प्रमाणित अन्तर्राष्ट्रिय माउन्टेन लिडर बन्न सफल कृष्णकुमार मगरलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
नोभेम्बर ४, २०२६ मा प्रदेश प्रमुख खापुङले मगरको यस ऐतिहासिक उपलब्धिले समग्र नेपाल र नेपालीका लागि गौरव बढाएको उल्लेख गर्दै बधाई दिएका हुन्। उनले यस सफलताले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन तथा व्यावसायिक पर्वतीय नेतृत्वको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सोलुखुम्बु जिल्लाको साविक टाप्टिङ–२ (हाल सोलुदुधकुण्ड नगरपालिका–१०) निवासी मगरले अन्तर्राष्ट्रिय माउन्टेन लिडर एसोसिएसन (UIMLA) बाट मान्यता प्राप्त गर्दै उक्त अन्तर्राष्ट्रियस्तरको व्यावसायिक योग्यता हासिल गरेका हुन्। यससँगै उनी नेपालकै पहिलो UIMLA प्रमाणित अन्तर्राष्ट्रिय माउन्टेन लिडर बन्न सफल भएका छन्।
प्रदेश प्रमुख खापुङले मगरको उपलब्धिले नेपालको पर्वतीय पर्यटन क्षेत्रमा व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रियस्तरको पर्वतीय गाइडिङ मापदण्ड स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
मगरको यो सफलतालाई नेपालको पर्वतीय पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले नेपाली पर्वतीय गाइडहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो क्षमता र व्यावसायिक पहिचान स्थापित गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।







