EN
मेनु
Flash News

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, मोटरसाइकल स्टन्टदेखि स्केटबोर्डिङ सम्मका गतिविधि

काठमाडौं।युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीतलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भइसकेको पल्सर आरपीएम पोखरामा आयोजना हुन लागेको हो। बुटवलमा करिब २ हजार ५०० जनाको सहभागिता रहेको कार्यक्रममा पोखरामा पनि युवाको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा पल्सर एन१६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ। त्यसैगरी बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। स्थानीय डिजे तथा ग्राफिटी कलाकारले समेत आफ्नो प्रस्तुति दिनेछन्।

कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना रहेको छ। सहभागीले पप-अप स्टोर, खानाका परिकार, कफी तथा अन्य मनोरञ्जनात्मक गतिविधिको अनुभव लिन सक्नेछन्।

पल्सर आरपीएमलाई मनोरञ्जनात्मक कार्यक्रमका साथै स्थानीय प्रतिभालाई आफ्नो सीप, कला र सिर्जनशीलता प्रस्तुत गर्ने अवसरका रूपमा समेत अघि बढाइएको छ। खेल, कला र संगीतमा सक्रिय युवालाई एउटै मञ्चमा जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको छ।

कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधि दिउँसो २:३० बजेदेखि सञ्चालन हुनेछन्। निःशुल्क प्रवेशको व्यवस्था रहेकाले पोखरा तथा आसपासका क्षेत्रका युवालाई कार्यक्रममा सहभागी हुन आयोजकले आमन्त्रण गरेको छ।