EN
मेनु
Flash News

लाहुरे र लाहुरेनीको प्रेमकथा समेटिएको गुरुङ चलचित्र ‘लाहुरेस्यो(लाहुरेनि)’को गीत सार्वजनिक

काठमाडौं।सोल्टी फिल्म्स प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको गुरुङ चलचित्र ‘लाहुरेस्यो(लाहुरेनि)’को गीत सार्वजनिक गरिएको छ।गुरुङ संस्कार,संस्कृति र नेपाली समाजमा घटेका वास्तविक जीवनका घटनालाई कथावस्तुमा समेटिएको चलचित्रले एक लाहुरे र लाहुरेनीबीचको प्रेमकथालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

चलचित्रका लागि सार्वजनिक गरिएको ‘लाहुरेस्यो छुट्टी खबाई लाहुरे ङामी’ बोलको गीतमा मनोज गुरुङ र मेलिना राईको स्वर रहेको छ। गीतमा पुरन गुरुङको संगीत तथा शब्द र तेजेन्द्र गुरुङको एरेन्ज रहेको छ।सुर साधना एचडी स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ तथा मिक्सिङ आशिष सुनुवारले गरेका छन्।

गीतको भिडियोमा पर्वत गुरुङ,पारु गुरुङ, मोनिका गुरुङ र निसु गुरुङको अभिनय रहेको छ।भिडियोमा विपिशा गुरुङ,प्रीति गुरुङ, एलिजा गुरुङ,मोनिका गुरुङ,मिस्का गुरुङ,प्रशुना गुरुङ र कृष्णा तामाङले कोरस नृत्य प्रस्तुत गरेका छन्।नृत्य निर्देशन सबिन गुरुङले गरेका हुन्।

भिडियोको छायांकन तथा ड्रोन सञ्चालन सन्देश गुरुङले गरेका छन् भने सहायक छायांकन सन्तोष सिंहले गरेका छन्।राजेन्द्र खड्का (राजन पुवार)ले सम्पादन तथा कलरको काम गरेका छन्।

‘लाहुरेस्यो(लाहुरेनि)’मा पर्वत गुरुङ,पारु गुरुङ,मोनिका गुरुङ,मनिका गुरुङ,लिलु गुरुङ,राजेश गुरुङ र सनम गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रका निर्माता धनबहादुर गुरुङ (यूके),जितमाया गुरुङ (यूके), ज्ञानराज गुरुङ (गोरखा),प्रेम कार्की (न्युजिल्यान्ड),मनमाया गुरुङ (काठमाडौं) र परश गुरुङ (यूके) रहेका छन्।चलचित्रको कथा पुरन गुरुङले लेखेका हुन् भने पटकथा तथा संवाद राजबहादुर गुरुङ (राजेश) र पुरन गुरुङले तयार पारेका छन्।

चलचित्रको निर्देशन राजबहादुर गुरुङ (राजेश)ले गरेका छन्।निर्माण व्यवस्थापन ज्ञानराज गुरुङले सम्हालेका छन् भने पोस्ट प्रोडक्सनको काम अर्शु फिल्म प्रोडक्सनले गरेको छ।

गुरुङ समुदायको संस्कार, संस्कृति र लाहुरे जीवनसँग जोडिएका भावनात्मक पक्षलाई कथामार्फत प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माण पक्षको भनाइ छ।सार्वजनिक गीत तथा भिडियोमार्फत दर्शकबाट प्रतिक्रिया र सुझावको अपेक्षा गरिएको छ ।

डिजिटल वितरणसम्बन्धी अधिकार क्लाइमेक्स आर्ट प्रोडक्सन तथा सुभाष गुरुङसँग रहेको निर्माण पक्षले जनाएको छ।