अल्डरसट,बेलायत।दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल २०२६ (NIFF 2026) बेलायतको अल्डरसटमा सम्पन्न भएको छ। महोत्सवमा विभिन्न विधाका नेपाली तथा आदिवासी समुदायसँग सम्बन्धित चलचित्र, वृत्तचित्र र लघु चलचित्रलाई विभिन्न पुरस्कार प्रदान गरिएको छ।

![]()
महोत्सवमा ‘MUNDHUM: A Secret of Samsama’ (लिम्बू) ले उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ।त्यस्तै, ‘Indira Dhime Maicha’ ले उत्कृष्ट निर्देशक र अभिनेत्रीको अवार्ड जित्दा ‘Unako Sweater’ ले नेपाली पानोरमा विधामा उत्कृष्ट फिल्मसहित विभिन्न अवार्ड प्राप्त गरेको छ।


लघु चलचित्र
लघु चलचित्रतर्फ ‘Tangsingh’ ले उत्कृष्ट लघु चलचित्रको अवार्ड प्राप्त गरेको छ भने ‘Chardam’ ले उत्कृष्ट लघु चलचित्र जुरी अवार्ड पाएको छ।
वृत्तचित्र
वृत्तचित्र विधामा ‘Baldhyanggadhi’ उत्कृष्ट वृत्तचित्र घोषित भएको छ।‘Biratnagar Ke Prachin Rajbanshi’ ले उत्कृष्ट एआई वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ भने ‘Tantrik Dance’ ले उत्कृष्ट वृत्तचित्र जुरी अवार्ड पाएको छ।


आदिवासी फिचर फिल्म
आदिवासी फिचर फिल्मतर्फ विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ। ‘ROSH’ (मगर) बाट उत्कृष्ट छायांकनको अवार्ड प्रदान गरिएको छ।
‘तेनोकुर्सी–ढोगभेट’ (गुरुङ) का लागि राजेन्द्र खड्काले उत्कृष्ट सम्पादक तथा गणेश गुरुङ (सुभाष) ले उत्कृष्ट लेखकको अवार्ड प्राप्त गरेका छन्।
‘Desan (The Epidemic)’ (मगर) का लागि भोला सापकोटाले उत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेका छन्।‘Indira Dhime Maicha’ (नेवारी) की रोजिना सुवाल उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् भने सोही फिल्मका सुरेन्द्र तुलाधरले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन्।

सिक्किमकी नियारा सुब्बाले ‘Numahangma’ (लिम्बू) बाट उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड प्राप्त गरेकी छन्। ‘Jaye Lakhay’ (नेवारी) उत्कृष्ट एनिमेसन चलचित्र घोषित भएको छ।
नेपाली पानोरमा
नेपाली चलचित्रतर्फको ‘नेपाली पानोरमा’ विधामा पनि विभिन्न विधाका अवार्ड घोषणा गरिएको छ।
‘Mirmire’ ले उत्कृष्ट कथाको अवार्ड प्राप्त गरेको छ। ‘Koshedhunga’ बाट नहकुल खड्काले उत्कृष्ट सम्पादकको अवार्ड पाएका छन्।
‘Bigul’ बाट रमेश बुढाथोकीले उत्कृष्ट चरित्र कलाकारको अवार्ड तथा ‘Citamol’ बाट जनुका विश्वकर्माले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन्।
सिक्किमको ‘Tara (The Lost Star)’ बाट श्यामा श्री शेर्पाले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितेकी छन्। ‘Unako Sweater’ बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् भने ‘Paran’ बाट नीर शाहले उत्कृष्ट अभिनेता र दीपक आचार्यले उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड प्राप्त गरेका छन्।
‘Citamol’ बाट सौगात मल्ल र ‘Gunyu Cholo’ बाट नाजिर हुसेनले उत्कृष्ट अभिनेता जुरी अवार्ड प्राप्त गरेका छन्।
‘Gunyu Cholo’ का समुद्र भट्टले उत्कृष्ट निर्देशक जुरी अवार्ड प्राप्त गरेका छन्। ‘Unako Sweater’ का नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन्।
नेपाली पानोरमा विधाको उत्कृष्ट फिल्मको अवार्ड ‘Unako Sweater’ ले प्राप्त गरेको छ।
महोत्सव आयोजकले सबै अवार्ड विजेता, सहभागी चलचित्रकर्मी, कलाकार, अतिथि, निर्णायक मण्डल, सहयोगी, प्रायोजक, स्वयंसेवक तथा दर्शकलाई धन्यवाद दिँदै उनीहरूको सहभागिताले महोत्सवलाई सफल र स्मरणीय बनाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ।
दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल २०२६ ले आदिवासी समुदायका कथा, संस्कृति, भाषा, कला र पहिचानलाई चलचित्रमार्फत प्रस्तुत गर्ने उद्देश्यलाई थप बल दिएको आयोजकको भनाइ छ।



