राष्ट्रिय आदिवासी महिला महासंघ धरानको चौथो नगर अधिवेशन,गीता राईको अध्यक्षतामा नयाँ समिति चयन
निमा पोङ्स्युवा
धरान-राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर सामन्वय परिषद धरानको चौथो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा गीता राईलाई अध्यक्षमाअ चयन गरेको छ ।
![]()

किरात सुनुवार सेवा समाजको धरान १७ स्थित भवनमा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा लक्षमि कुमारी मगर,सचीव कोपिला मोक्तान, कोषाध्यक्ष रुशि प्रधान, सहसचिव रोमकुमारी सुनुवार, सदस्यमा जानुका सुब्बा लिंखा निर्वाचित भएका छन । तेन्जिङ शेर्पाको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले पद तथा गोपनियताको सपथ गराएका थिए ।
![]()
![]()

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ संघीय परिषद अध्यक्ष शोभा सुनुवारको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । धरानमा १३ वटा जातिय संस्था रहेका छन । तर सबै जातीय संस्थाको महिला संगठन नभएकोले छ वटा जातिय संस्थाबाट मात्र उम्मेदवारी दिन पाउने बैधानिक व्यावस्था रहेको भन्दै सोही अनुसार प्रतिनिधि माग भएको कुरा नगर महासंघले जनाएको छ । विधान अनुसार भएकोले सोहि अनुसार प्रतिनिधि माग गरिएको भए पनि आफुले यसमा हस्तक्षेप गर्न नसक्ने कुरा स्पष्ट पारे ।

महासंघ धरानमा यसअघि लहरुमाया जिमि अध्यक्ष थिए । चैतामा सवारी दुर्घटनामा परि मृत्युु भएपछि पद रिक्त भएका थिए । विधान अनुसार जुन पदमा जुन समुदाय प्रतिनिधित्व हुन्छ सोहि समुदायबाट पदपुर्ति हुनुपर्ने प्रावधान छ । महासंघमा याक्खा समुदायको अध्यक्ष भएकोले बाँकि समयको लागि गीता याक्खाले अध्यक्षको पद सम्हाल्दै आएका थिए ।
अधिवेशनमा नेपाल आदिवासी जनजाति नगर महासंघ धरानमा वर्तमान तथा निवर्तमान पदाधिकारीहरु जातिय संस्थाका अध्यक्ष प्रतिनिधिहरु,राष्ट्रिय आदिवासी जनजाति जिल्ला महासंघ निवर्तमान तथा वर्तमान पदाधिकारीहरुको सहभागी रहेका थिए ।













