अर्थमन्त्री वाग्ले द्विपक्षीय बैठकका लागि भारत जाँदै – Sagarmathapana:: Online News Portal

अर्थमन्त्री वाग्ले द्विपक्षीय बैठकका लागि भारत जाँदै

   २०८३ भाद्र ३० गते  

काठमाडौं।अर्थमन्त्री स्वर्णिम वाग्ले द्विपक्षीय बैठकमा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा अर्थमन्त्री वाग्ले भारतको नयाँदिल्ली जान लागेका हुन् । सरकारी स्रोतका अनुसार उनी आगामी असोज १ र २ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ । साथै, विपद्पछिको पुनर्निर्माण तथा त्यसमा दुई देशबीच हुन सक्ने सहयोगबारे पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री वाग्लेको भारत भ्रमणलाई नेपाल–भारत आर्थिक सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै