आ बाट आमा २’ को पोस्टर सार्वजनिक,असोज ३० गते प्रदर्शनमा आउने – Sagarmathapana:: Online News Portal

आ बाट आमा २’ को पोस्टर सार्वजनिक,असोज ३० गते प्रदर्शनमा आउने

   २०८३ भाद्र ३० गते  



काठमाडौं।नेपाली चलचित्र ‘आ बाट आमा २’ को पोस्टर सार्वजनिक गरिएको छ। चलचित्रमा पल शाह, विपना थापा, साईग्रेस, आकाश श्रेष्ठ, मलिका महतलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा दिवंगत कलाकार प्रदीप रावतको पनि अभिनय रहेको जनाइएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूलाई प्रस्तुत गरिएको छ। चलचित्रले पारिवारिक तथा भावनात्मक कथावस्तु समेट्ने अपेक्षा गरिएको छ।

‘आ बाट आमा २’ आगामी असोज ३० गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रको पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ यसको चर्चा बढेको छ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिने तयारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै