दक्षिण कोरियाली प्रतिनिधिमण्डलद्वारा नुवाकोटमा भोटेकोसी बाढी प्रतिकार्यको अवलोकन – Sagarmathapana:: Online News Portal

दक्षिण कोरियाली प्रतिनिधिमण्डलद्वारा नुवाकोटमा भोटेकोसी बाढी प्रतिकार्यको अवलोकन

   २०८३ भाद्र ३० गते  

काठमाडौं।दक्षिण कोरियाको परराष्ट्र मन्त्रालय (Ministry of Foreign Affairs) का प्रतिनिधि, दक्षिण कोरियाली सञ्चारकर्मी तथा कोरिया रेडक्रस (Korean Red Cross) का प्रतिनिधिहरूले भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले सञ्चालन गरिरहेको मानवीय प्रतिकार्य गतिविधिको स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा प्रतिनिधिमण्डलले बाढी प्रभावित परिवारसँग भेटघाट गर्नुका साथै सहयोग सामग्रीसमेत हस्तान्तरण गरेको थियो।

दक्षिण कोरियाली KDRT प्रतिनिधिमण्डलमा दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका वितीय सचिव Kim Jeongwon, मिसन प्रमुख Yoon Chu Sok र सहायक व्यवस्थापक Kang HaeRi लगायत सहभागी थिए।

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका द्वितीय सचिव Kim Jeongwon ले विपत्तिको यस घडीमा दक्षिण कोरिया सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले विपत्तिको सुरुवाती चरणदेखि नै नेपाल रेडक्रसका स्वयंसेवकहरूले खोज तथा उद्धार, राहत तथा मानवीय सहायता र पुनर्स्थापनाका क्षेत्रमा गरेको समर्पित कार्यको उच्च प्रशंसा गर्दै स्वयंसेवकहरूलाई धन्यवाद दिए।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका सभापति हरि श्रेष्ठले भोटेकोसी बाढी आएको सुरुवाती दिनदेखि नै नुवाकोट रेडक्रसले सरकारी निकाय तथा सरोकारवाला संस्थाहरूसँग समन्वय गर्दै खोज तथा उद्धार, प्राथमिक उपचार, राहत तथा स्वास्थ्य सेवासहितका मानवीय गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए।

सभापति श्रेष्ठले नुवाकोट रेडक्रसका प्रतिकार्य गतिविधि, स्वयंसेवक परिचालन, प्रभावित समुदायका आवश्यकता तथा आगामी पुनर्स्थापना र पुनर्निर्माणका विषयमा समेत प्रतिनिधिमण्डललाई जानकारी गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै